सर्वशक्तिमान् परमेश्वर, परमप्रभु बोल्नुहुन्छ, र सूर्योदयदेखि सूर्यास्तसम्म पृथ्वीलाई बोलाउनुहुन्छ। सौन्दर्यमा सिद्ध सियोनबाट परमेश्वर प्रकाशमान् हुनुभएको छ। हाम्रा परमेश्वर आउनुहुन्छ, र मौन बस्नुहुनेछैन। उहाँको अगि एक भस्म गर्ने आगो छ, र उहाँको चारैपट्टि प्रचण्ड आँधीबेहरी छ। आफ्नो प्रजाको इन्साफ गर्न उहाँले माथिको आकाश र पृथ्वीलाई बोलाउनुहुन्छ: “ममा समर्पित हुने, अनि बलि चढ़ाएर मसँग करार बाँध्ने मेरा भक्तजनहरूलाई मकहाँ भेला गर।” अनि स्वर्गले उहाँको धार्मिकताको घोषणा गर्दछ, किनकि परमेश्वर स्वयम् न्यायाधीश हुनुहुन्छ। सेला
भजनसंग्रह 50 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 50
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 50:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू