भजनसंग्रह 42:9-11

भजनसंग्रह 42:9-11 NNRV

मेरा परमेश्‍वर मेरो चट्टानलाई म भन्‍छु, “तपाईंले किन मलाई बिर्सनुभएको छ? शत्रुहरूको थिचोमिचोमा परेर म किन शोक गरेर हिँड़िरहनुपर्ने?” मेरा हाड़हरूमा घातक चोट पारेझैँ, मेरा शत्रुहरू मलाई गिल्‍ला गर्दै लगातार मलाई भन्‍छन्‌, “खोइ त तेरा परमेश्‍वर?” हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।