भजनसंग्रह 38:1-4

भजनसंग्रह 38:1-4 NNRV

हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्‍काउनुहोस्‌, अथवा तपाईंका क्रोधको आवेगमा मलाई ताड़ना नदिनुहोस्‌। किनकि तपाईंका बाणहरू ममा गड़ेका छन्‌, र तपाईंको हात ममाथि परेको छ। तपाईं क्रुद्ध हुनुभएकोले मेरो शरीर स्‍वस्‍थ छैन, मेरा पापले गर्दा मेरा हाड़हरू दुर्बल छन्‌। मेरा अधर्महरूमा म शिरसम्‍म डुबिसकेको छु, मैले बोक्‍न नसक्‍ने गरी ती बढ़ी गह्रौँ भएका छन्‌।