भजनसंग्रह 37:11-18

भजनसंग्रह 37:11-18 NNRV

तर नम्रहरूले देश अधिकार गर्नेछन्‌, र ठूलो शान्‍ति उपभोग गर्नेछन्‌। दुष्‍टहरूले धर्मी जनका विरुद्धमा षड्‌यन्‍त्र रच्‍तछन्‌, र उनीहरूमाथि दाह्रा किट्‌दछन्‌, तर प्रभुले तिनीहरूलाई हाँसोमा उड़ाइदिनुहुन्‍छ, किनभने तिनीहरूको दिन आइराखेको उहाँ जान्‍नुहुन्‍छ। दु:खी र कङ्गालीहरूलाई ढाल्‍न, र सत्‍यको बाटोमा हिँड्‌नेहरूलाई मार्न, दुष्‍टहरूले तरवार थुत्‍छन्‌, र धनुमा ताँदो चढ़ाउँछन्‌। तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेड्‌नेछन्‌, र तिनीहरूका धनु भाँचिनेछन्‌। धेरै दुष्‍टहरूका सम्‍पत्तिको प्रचुरताभन्‍दा धर्मी जनहरूसँग भएको थोरै कुरो उत्तम हो। किनकि दुष्‍टहरूका पाखुरा भाँचिनेछन्‌, तर धर्मीहरूलाई परमप्रभुले थामिराख्‍नुहुन्‍छ। परमप्रभुले निर्दोष मानिसहरूको वास्‍ता गर्नुहुन्‍छ, र तिनीहरूको अधिकार सधैँभरि रहनेछ।