भजनसंग्रह 32:8-11

भजनसंग्रह 32:8-11 NNRV

म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्‌नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्‍नेछु। समझै नभएको घोडा अथवा खच्‍चरजस्‍ता तिमी नहोऊ, जसलाई रोक्‍न लगाम र डोकरि चाहिन्‍छन्‌, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्‌। दुष्‍टहरूले धेरै कष्‍ट भोग्‍नुपर्नेछ, तर परमप्रभुमा भरोसा राख्‍नेहरूलाई भने अचूक कृपाले घेर्नेछ। हे धर्मात्‍मा हो, परमप्रभुमा आनन्‍दित होओ र हर्ष मनाओ, र सोझो मन भएका हो, तिमीहरू सबै आनन्‍दसाथ जयजयकार गर!