भजनसंग्रह 32:5-8

भजनसंग्रह 32:5-8 NNRV

तब मैले आफ्‍नो पाप तपाईंको सामुन्‍ने स्‍वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ। मैले भनें, “म आफ्‍ना अपराध परमप्रभुको सामुन्‍ने स्‍वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला यसकारण हरेक भक्तजनले, जबसम्‍म तपाईंलाई प्राप्‍त गर्न सकिन्‍छ, तपाईंमा प्रार्थना गरोस्‌। अनि दु:ख-कष्‍ट र उर्लेको भेलले त्‍यसलाई छुनेछैन। तपाईं मेरो आश्रय हुनुहुन्‍छ, तपाईंले मलाई दु:खबाट रक्षा गर्नुहुन्‍छ। तपाईंले मलाई उद्धारका गीतले घेर्नुहुन्‍छ। सेला म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्‌नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्‍नेछु।