भजनसंग्रह 31:7-10

भजनसंग्रह 31:7-10 NNRV

तपाईंको कृपामा म आनन्‍द मनाउनेछु र खुशी हुनेछु, किनकि तपाईंले मेरो विपत्ति देख्‍नुभयो, र मेरो प्राणको वेदना तपाईंले जान्‍नुभयो। तपाईंले शत्रुको हातमा मलाई पर्न दिनुभएको छैन, तर तपाईंले मलाई फराकिलो ठाउँमा राख्‍नुभएको छ। ममाथि अनुग्रह गर्नुहोस्‌, हे परमप्रभु, किनकि म ठूलो सङ्कष्‍टमा परेको छु। शोकले गर्दा मेरा आँखा धमिला भएका छन्‌, मेरो प्राण र मेरो शरीर सुकिसकेका छन्‌ मेरो जीवन वेदनामा, र मेरो उमेरचाहिँ सुस्‍केरामा बितेका छन्‌। मेरो क्‍लेशको कारणले मेरो बल घटेको छ, र मेरा हाड़हरू कमजोर भइसकेका छन्‌।