हे परमप्रभु, मैले तपाईंमा शरण लिएको छु, मलाई कहिल्यै पनि शर्माउनु नपरोस्, तपाईंको धार्मिकतामा मेरो उद्धार गर्नुहोस्। मेरो पुकारा सुनिदिनुहोस्, मलाई झट्टै छुटाउनुहोस्। तपाईं मेरो निम्ति शरणको चट्टान हुनुहोस्, मलाई बचाउने एउटा बलियो गढ़ हुनुहोस्। मेरो चट्टान र गढ़ तपाईं नै हुनुहुन्छ, यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोर्याउनुहोस्। मेरो निम्ति गुप्तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्, किनकि तपाईं नै मेरो आश्रय हुनुहुन्छ। तपाईंकै हातमा म मेरो आत्मा सुम्पन्छु। हे परमप्रभु, हे सत्यका परमेश्वर, मोल तिरेर मेरो उद्धार गर्नुहोस्।
भजनसंग्रह 31 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 31
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 31:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू