भजनसंग्रह 31:1-4

भजनसंग्रह 31:1-4 NNRV

हे परमप्रभु, मैले तपाईंमा शरण लिएको छु, मलाई कहिल्‍यै पनि शर्माउनु नपरोस्‌, तपाईंको धार्मिकतामा मेरो उद्धार गर्नुहोस्‌। मेरो पुकारा सुनिदिनुहोस्‌, मलाई झट्टै छुटाउनुहोस्‌। तपाईं मेरो निम्‍ति शरणको चट्टान हुनुहोस्‌, मलाई बचाउने एउटा बलियो गढ़ हुनुहोस्‌। मेरो चट्टान र गढ़ तपाईं नै हुनुहुन्‍छ, यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोर्‍याउनुहोस्‌। मेरो निम्‍ति गुप्‍तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्‌, किनकि तपाईं नै मेरो आश्रय हुनुहुन्‍छ।