भजनसंग्रह 30:2-5

भजनसंग्रह 30:2-5 NNRV

हे परमप्रभु मेरा परमेश्‍वर, मैले तपाईंलाई सहायताको निम्‍ति पुकारा गरें, अनि तपाईंले मलाई निको पार्नुभयो। हे परमप्रभु, तपाईंले मलाई चिहानबाट निकाल्‍नुभयो, र मृत-लोकमा जानुदेखि मलाई बचाउनुभयो। हे परमप्रभुका पवित्र जन हो, उहाँको निम्‍ति भजन गाओ, र उहाँको पवित्र नाउँको स्‍तुति गर। किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्‍छ, तर उहाँको निगाह आजन्‍म रहन्‍छ, आँसु रातभरि मात्र बग्‍छ, तर बिहान आनन्‍द आउँदछ।