हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै छन्! मेरो विरुद्धमा उठ्नेहरू धेरै छन्। मेरो विषयमा धेरैले भनिरहेछन्, “परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछैन।” सेला तर हे परमेश्वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्छ, तपाईं मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ। म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु, र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। म पल्टन्छु, र निदाइहाल्छु, म फेरि बिउँझन्छु, किनभने परमप्रभुले नै मलाई सम्हाल्नुहुन्छ। मेरो विरुद्धमा मेरा चारैतिर घेरा हाल्ने दशौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ। हे परमप्रभु, उठ्नुहोस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्! मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्। दुष्टहरूका दाँत भाँचिदिनुहोस्। छुटकारा परमप्रभुबाट आउँछ। तपाईंको आशीर्वाद तपाईंका प्रजामाथि रहोस्! सेला
भजनसंग्रह 3 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 3:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू