भजनसंग्रह 29:3-9

भजनसंग्रह 29:3-9 NNRV

परमप्रभुको वाणी पानीहरूमाथि छ, महिमाका परमेश्‍वर गर्जनुहुन्‍छ, परमप्रभु शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्‍छ। परमप्रभुको वाणी शक्तिशाली छ, परमप्रभुको आवाज प्रतापी छ। परमप्रभुको आवाजले देवदारुहरू भाँचिन्‍छन्‌। परमप्रभुले लेबनानका देवदारुहरू टुक्रा-टुक्रा पार्नुहुन्‍छ। उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई जस्‍तै, र सिरिओन पर्वतलाई जङ्गली साँढ़ेजस्‍तै उफार्नुहुन्‍छ। परमप्रभुको वाणीले बिजुलीका चमकसहित प्रहार गर्छ। परमप्रभुको वाणीले मरुभूमिलाई हल्‍लाउँछ, परमप्रभुले कादेशको मरुभूमिलाई कम्‍पित पार्दछ। परमप्रभुको वाणीले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्‍छ, र जङ्गल लाछलुछ पारेर उजाड तुल्‍याउँदछ। अनि उहाँको मन्‍दिरमा सबै “महिमा!” भन्‍दै कराउँछन्‌।