भजनसंग्रह 20:1-5

भजनसंग्रह 20:1-5 NNRV

सङ्कष्‍टको दिनमा परमप्रभुले तपाईंलाई उत्तर देऊन्‌, याकूबका परमेश्‍वरको नाउँले तपाईंलाई सुरक्षा देऊन्‌। उहाँले पवित्रस्‍थानबाट तपाईंलाई सहायता पठाऊन्‌, र सियोनबाट तपाईंलाई सहारा देऊन्‌। उहाँले तपाईंका सबै बलिदानहरूको सम्‍झना राखून्‌, र तपाईंका होमबलि ग्रहण गरून्‌। सेला उहाँले तपाईंको मनोरथ पूरा गरून्‌, र तपाईंका सबै योजनाहरू सफल गराऊन्‌। तपाईंको विजयमा हामी आनन्‍दले जयजयकार गर्नेछौं, र हाम्रा परमेश्‍वरको नाउँमा हामी आफ्‍ना झन्‍डा उच्‍च पार्नेछौं। परमप्रभुले तपाईंका सबै बिन्‍ती पूरा गरिदेऊन्‌।