हल्लेलूयाह! परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ, पवित्रजनहरूको समुदायमा उहाँको प्रशंसा गर। आफ्ना सृष्टिकर्तामा इस्राएल रमाओस्, सियोनका मानिसहरू आफ्ना राजामा आनन्दित होऊन्। नाच्दै तिनीहरूले उहाँका नाउँको प्रशंसा गरून्, खैँजड़ी र वीणासहित तिनीहरूले उहाँको भजन गाऊन्। किनकि परमप्रभु आफ्ना प्रजासँग प्रसन्न हुनुहुन्छ, नम्रहरूलाई उद्धारको मुकुट पहिराइदिनुहुन्छ। पवित्रजनहरू यस्तो सम्मानमा उल्लसित होऊन्, अनि आफ्ना ओछ्यानमा पनि तिनीहरू आनन्दले गाऊन्।
भजनसंग्रह 149 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 149
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 149:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू