हल्लेलूयाह! हाम्रा परमेश्वरको प्रशंसा गाउनु कति असल कुरा हो! उहाँको प्रशंसा गर्नु कति रमाइलो र उचित छ! परमप्रभुले यरूशलेम निर्माण गर्नुहुन्छ, उहाँले इस्राएलका निर्वासितहरूलाई एकत्र गर्नुहुन्छ। उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ। उहाँले ताराहरूको संख्या निश्चित गर्नुहुन्छ, र एक-एकलाई आ-आफ्नो नाउँ दिनुहुन्छ। हाम्रा परमप्रभु महान् हुनुहुन्छ, सर्वशक्तिमान् र सर्वज्ञानी हुनुहुन्छ। परमप्रभुले दीन-दु:खीलाई सम्हाल्नुहुन्छ, तर दुष्टहरूलाई उहाँले जमिनमा फालिदिनुहुन्छ।
भजनसंग्रह 147 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 147
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 147:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू