भजनसंग्रह 145:10-13

भजनसंग्रह 145:10-13 NNRV

तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले, हे परमप्रभु, तपाईंको प्रशंसा गर्नेछन्‌, र तपाईंका पवित्रजनहरूले तपाईंको स्‍तुति गर्नेछन्‌। तिनीहरूले तपाईंको राज्‍यका महिमाको चर्चा गर्नेछन्‌ र तपाईंका शक्तिको बखान गर्नेछन्‌, कि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू थाहा पाऊन्‌, अनि तपाईंका राज्‍यको महिमापूर्ण वैभव देखून्‌। तपाईंको राज्‍य अनन्‍तको राज्‍य हो, र तपाईंका प्रभुत्‍व पुस्‍तौँ-पुस्‍तौँसम्‍म रहिरहनेछ। परमप्रभु आफ्‍ना सबै प्रतिज्ञाहरूमा विश्‍वसनीय हुनुहुन्‍छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्‍छ।