भजनसंग्रह 144:12-15

भजनसंग्रह 144:12-15 NNRV

तब हाम्रा छोराहरू तिनीहरूका युवावस्‍थामा मौलाउँदा रूखहरूजस्‍तै हुनेछन्‌, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्‍तम्‍भहरूजस्‍ता हुनेछन्‌। हाम्रा धनसारहरू हरकिसिमका अन्‍नहरूले भरिनेछन्‌, हाम्रा भेड़ाहरू हजारौँ गुणा बढ्‌नेछन्‌, हाम्रा खेतमा ती लाखौँ हुनेछन्‌। हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्‍नेछन्‌। हाम्रा पर्खालहरू फोरिनेछैनन्‌, न हामी बन्‍दीगृहमा जानुपर्नेछ, न त हाम्रा सड़कहरूमा रुवाइको आवाज उठ्‌नेछ। ती मानिसहरू धन्‍यका हुन्‌, जसका जीवनमा यी आशिष्‌हरू छन्‌। यस्‍ता मानिसहरू धन्‍यका हुन्‌, जसका परमेश्‍वर परमप्रभु हुनुहुन्‍छ।