भजनसंग्रह 143:7-8

भजनसंग्रह 143:7-8 NNRV

हे परमप्रभु, मलाई छिटो जवाफ दिनुहोस्‌, मेरो आत्‍मा शिथिल हुन्‍छ। आफ्‍नो मुहार मबाट नलुकाउनुहोस्‌ नत्रता म मृत-लोकमा पर्नेहरूझैँ हुनेछु। प्रात:कालले तपाईंको अचूक कृपाको वचन ल्‍याओस्‌, किनकि तपाईंमा नै मैले भरोसा राखेको छु। कुन मार्गमा मैले हिँड्‌नुपर्ने हो त्‍यो मलाई सिकाउनुहोस्‌, किनकि मेरो आत्‍मा म तपाईंतिर उचाल्‍दछु।