भजनसंग्रह 139:16-18

भजनसंग्रह 139:16-18 NNRV

तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए। हे परमेश्‍वर, मेरो निम्‍ति तपाईंका विचारहरू कति बहुमूल्‍य छन्‌! तिनको सङ्‌ख्‍या कति महान्‌ छ! तिनलाई मैले गन्‍नुपरेमा, ती बालुवाका कणहरूभन्‍दा बढ़ी हुनेथिए। जब म बिउँझन्‍छु, तब म तपाईंसँगै हुन्‍छु।