जाति-जातिका मूर्तिहरू सुन र चाँदी हुन्, ती सब मानिसहरूका हातले बनिएका हुन्छन्। तिनीहरूका मुख छन्, तर बोल्न सक्दैनन्, आँखा छन्, तर देख्न सक्दैनन्। तिनीहरूका कान छन्, तर सुन्न सक्दैनन्। तिनीहरूले सास फेर्न सक्दैनन्। तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्, अनि तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुनेछन्। हे इस्राएलको घराना, परमप्रभुको प्रशंसा गर। हे हारूनको वंश, परमप्रभुको प्रशंसा गर। हे लेवीको वंश, परमप्रभुको प्रशंसा गर। हे परमप्रभुको भय मान्नेहरू, परमप्रभुको प्रशंसा गर। सियोनबाट परमप्रभुको प्रशंसा होस्, यरूशलेममा वास गर्नुहुनेको प्रशंसा होस्। परमप्रभुको प्रशंसा गर।
भजनसंग्रह 135 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 135
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 135:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू