कहिलेसम्म, हे परमप्रभु? के तपाईं सधैँभरि मलाई बिर्सनुहुन्छ? तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ? मेरो आत्मामा कहिलेसम्म मैले चिन्ता बोक्ने, अनि दिनहुँ मेरो हृदयमा शोक राख्ने? कहिलेसम्म मेरो शत्रु ममाथि प्रबल भइरहनेछ? ममाथि निगाह गर्नुहोस्, र मलाई जवाफ दिनुहोस्, हे परमप्रभु मेरा परमेश्वर। मेरा आँखालाई ज्योति दिनुहोस्, नत्रता म मृत्युको निद्रामा पर्नेछु। नत्रता मेरो शत्रुले भन्नेछ, “त्यसमाथि मैले विजय पाएको छु।” अनि म ढल्दा मेरा शत्रुहरू रमाउनेछन्। तर मैले त तपाईंको अचूक कृपामा भरोसा राखेको छु। मेरो हृदय तपाईंको उद्धारमा रमाउँछ। म परमप्रभुको स्तुति गाउनेछु, किनभने उहाँ मप्रति भला हुनुभएको छ।
भजनसंग्रह 13 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 13:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू