भजनसंग्रह 13:1-3

भजनसंग्रह 13:1-3 NNRV

कहिलेसम्‍म, हे परमप्रभु? के तपाईं सधैँभरि मलाई बिर्सनुहुन्‍छ? तपाईंले आफ्‍नो मुहार मसँग कहिलेसम्‍म लुकाउनुहुन्‍छ? मेरो आत्‍मामा कहिलेसम्‍म मैले चिन्‍ता बोक्‍ने, अनि दिनहुँ मेरो हृदयमा शोक राख्‍ने? कहिलेसम्‍म मेरो शत्रु ममाथि प्रबल भइरहनेछ? ममाथि निगाह गर्नुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌, हे परमप्रभु मेरा परमेश्‍वर। मेरा आँखालाई ज्‍योति दिनुहोस्‌, नत्रता म मृत्‍युको निद्रामा पर्नेछु।