YouVersion Logo
Search Icon

भजनसंग्रह 128

128
परमप्रभुका आज्ञाकारीहरूलाई आशिष्‌
यात्राको गीत
1परमप्रभुको भय मान्‍नेहरू सबै धन्‍यका हुन्‌, जो उहाँका इच्‍छाअनुसारका चालहरूमा चल्‍छन्‌।
2तिमीले आफ्‍नो परिश्रमको फल खानेछौ, आशिष्‌ र सब किसिमका फलिफाप तिमीले पाउनेछौ।
3तिम्री पत्‍नी तिम्रो घरभित्र फलवन्‍त दाखको लताजस्‍तै, अनि तिम्रा छोरा-छोरीहरू तिम्रो टेबिलको वरिपरि जैतूनका मुनाहरूजस्‍तै हुनेछन्‌।
4यसरी परमेश्‍वरको भय मान्‍ने मानिस आशिषित हुनेछ।
5परमप्रभुले तिम्रो जीवनभर सियोनबाट तिमीलाई आशीर्वाद देऊन्‌। तिमीले यरूशलेमको समृद्धि देख्‍न पाओस्‌,
6र तिमीले तिम्रा नाति-पनातिलाई देख्‍न पाऊ। इस्राएलमा शान्‍ति आओस्‌।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 128: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy