जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्दित भएँ। ए यरूशलेम, हाम्रा खुट्टाहरू, तेरा ढोकाहरूमा खड़ा भएका छन्। यरूशलेम सुदृढ़ रूपले एकसाथ बाँधिएर निर्माण भएको सहरजस्तै छ। इस्राएललाई दिइएका कानूनअनुसार, परमप्रभुका कुलहरू परमप्रभुका नाउँको प्रशंसा गर्न त्यहाँ जान्छन्। त्यहाँ न्यायका सिंहासनहरू छन्, दाऊदको वंशका सिंहासनहरू त्यहाँ छन्।
भजनसंग्रह 122 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 122
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 122:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू