भजनसंग्रह 122:1-5
भजनसंग्रह 122:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्दित भएँ। ए यरूशलेम, हाम्रा खुट्टाहरू, तेरा ढोकाहरूमा खड़ा भएका छन्। यरूशलेम सुदृढ़ रूपले एकसाथ बाँधिएर निर्माण भएको सहरजस्तै छ। इस्राएललाई दिइएका कानूनअनुसार, परमप्रभुका कुलहरू परमप्रभुका नाउँको प्रशंसा गर्न त्यहाँ जान्छन्। त्यहाँ न्यायका सिंहासनहरू छन्, दाऊदको वंशका सिंहासनहरू त्यहाँ छन्।
भजनसंग्रह 122:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिनीहरूले मलाई, “याहवेहका भवनमा हामी जाऔँ” भने, तब म तिनीहरूसँगै आनन्दित भएँ। हे यरूशलेम, तेरा मूलढोकाहरूभित्र हाम्रा खुट्टाहरू उभिएका छन्। यरूशलेम एउटा सहरजस्तै, एकै ठाउँमा टम्म गरी मिलाएर बसालिएको छ। इस्राएललाई दिइएको कानुनअनुसार याहवेहका कुलहरू याहवेहको नामको प्रशंसा गर्न त्यहाँ जान्छन्। किनकि त्यहाँ न्यायका सिंहासनहरू स्थापित छन्; त्यहाँ दावीदका वंशका सिंहासनहरू छन्।
भजनसंग्रह 122:1-5 पवित्र बाइबल (NERV)
म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने, “परमप्रभुको मन्दिर तर्फ जाऊँ।” हामी यहाँ, यरूशलेमको प्रवेशद्वारमा उभिरहेकाछौं। यो नयाँ यरूशलेम हो। एक संयुक्त शहर जस्तो यो शहर फेरि निर्माण गरियो। त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्। परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएलका मानिसहरू त्यहाँ जाँदछन्। दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए। तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए।
भजनसंग्रह 122:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरूले मलाई “हामी परमप्रभुको भवनमा जाऔं” भन्दा म खुसी भएँ र अहिले हामी यहाँ यरूशलेमको ढोकाभित्र खडा छौं। सुन्दर प्रकारले मिलाएर यरूशलेम सहर बनिएको छ। सारा इस्राएलका कुलहरू उहाँका आज्ञाअनुसार, परमप्रभुलाई धन्यवाद चढाउन यहीँ आउँछन्। इस्राएलका राजाहरू आफ्ना प्रजाको न्याय गर्न यहीँ बस्थे।