भजनसंग्रह 119:97-101

भजनसंग्रह 119:97-101 NNRV

आहा! तपाईंको व्‍यवस्‍थालाई म कति प्रेम गर्दछु! दिनभरि म तिनैमाथि मनन गर्दछु। तपाईंका आज्ञाहरू सदाकाल मसँग छन्‌, र तिनले मेरा शत्रुहरूभन्‍दा मलाई बुद्धिमान्‌ तुल्‍याउँछन्‌। मेरा सबै शिक्षकहरूभन्‍दा मेरो अन्‍तर्ज्ञान ज्‍यादा छ, किनकि म तपाईंको कानूनहरूमाथि मनन गर्दछु। धर्म-गुरुहरूको भन्‍दा मेरो समझ अझ बढ़ी छ, किनभने म तपाईंका आदेशहरू पालन गर्दछु। तपाईंको वचन पालन गरूँ भनेर, मैले आफ्‍ना गोडालाई हरेक खराब मार्गबाट अलग्‍ग राखेको छु।