मेरो प्राण तपाईंको उद्धार प्राप्त गर्नलाई व्याकुल छ, तर मैले तपाईंको वचनमाथि आशा राखेको छु। तपाईंका प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखा धमिला भइसकेका छन्। म भन्दछु, “तपाईंले मलाई कहिले सान्त्वना दिनुहुन्छ?” धूवाँमा राख्दाराख्दा खुम्चिएको दाखमद्यको मशकजस्तो म भइसकेको छु, तापनि तपाईंका विधिहरू मैले बिर्सेको छैनँ। तपाईंको दासले अझ कति पर्खनुपर्छ? मलाई सताउनेहरूलाई कहिले दण्ड दिनुहुन्छ? तपाईंका व्यवस्थाको विपरीत अहङ्कारीहरूले मेरो निम्ति खाड़ल खनेका छन्। तपाईंका आज्ञाहरू सबै भरपर्दा छन्। मेरो मदत गर्नुहोस्, मानिसहरूले अकारण मलाई सताउँछन्। तिनीहरूले मलाई धरतीबाट प्राय: नाश गरे, तर मैले तपाईंका आदेशहरू त्यागेको छैनँ। तपाईंको करुणाअनुसार मेरो प्राणको रक्षा गर्नुहोस्, र म तपाईंका मुखबाट निस्केका कानूनहरू पालन गर्नेछु।
भजनसंग्रह 119 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 119
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:81-88
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू