हे परमप्रभु, तपाईंको अचूक कृपा मलाई मिलोस्, र तपाईंले प्रतिज्ञा गर्नुभएको उद्धार मकहाँ आओस्। तब मलाई उपहास गर्नेहरूलाई म जवाफ दिन सक्नेछु, किनकि म तपाईंको वचनमा भरोसा राख्तछु। सत्यको वचन मेरो मुखबाट नखोसिदिनुहोस्, किनकि मैले तपाईंका नियमहरूमा आशा राखेको छु। म तपाईंको व्यवस्था सदासर्वदा पालन गर्नेछु। म स्वतन्त्र भएर हिँड्नेछु, किनकि मैले तपाईंका आदेशहरू खोजी निकालेको छु। म राजाहरूका समक्ष तपाईंका कानूनहरूका विषयमा बोल्नेछु, अनि म लाजमा पर्नेछैनँ। म तपाईंका आज्ञाहरूमा आनन्दमग्न हुन्छु, किनकि म तिनलाई प्रेम गर्दछु। मैले प्रेम गरेको तपाईंका आज्ञातिर मेरा हातहरू पसार्छु, र तपाईंका विधिहरूमाथि मनन गर्दछु।
भजनसंग्रह 119 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 119
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:41-48
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू