मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाका उदेकका कुराहरू देख्न सकूँ। म त पृथ्वीमा एक प्रवासी हुँ, तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्। तपाईंका नियमहरू जान्नलाई मेरो प्राण सधैँ तिर्खाएको हुन्छ। तपाईं अहङ्कारीहरूलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, र जो तपाईंका आज्ञाहरूबाट तर्केर हिँड्छन्। गिल्ला र लाञ्छना मबाट हटाइदिनुहोस्, किनकि म तपाईंका कानूनहरू पालन गर्दछु। शासकहरू बसेर मेरो विरुद्धमा कुरा गर्छन्, तापनि तपाईंको दासले तपाईंका विधिमाथि मनन गर्नेछ। तपाईंका कानूनहरू मेरो आनन्द हुन्, ती मेरा सल्लाहकार हुन्।
भजनसंग्रह 119 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 119
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:18-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू