हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ, र तपाईंका नियमहरू सत्य छन्। तपाईंले राखिदिनुभएका कानूनहरू धार्मिक छन्, तिनीहरू पूर्ण रूपले भरपर्दा छन्। मेरो जोशले मलाई खाइसकेको छ, किनभने मेरा शत्रुहरूले तपाईंका वचनहरूको बेवास्ता गर्छन्। तपाईंका प्रतिज्ञाहरू पूर्ण रूपले जाँचिएका छन्, र तपाईंको दासले तिनलाई प्रेम गर्छ। म क्षुद्र र तुच्छ छु, तापनि म तपाईंका आदेशहरू बिर्सन्नँ। तपाईंको धार्मिकता चिरस्थायी छ, अनि तपाईंको व्यवस्था सत्य छ। दु:ख र सङ्कष्ट ममाथि परिआएको छ, तर तपाईंका आज्ञाहरू मेरो निम्ति हर्षका कुरा छन्। तपाईंका कानूनहरू सदाकालको निम्ति सत्य छन्, मलाई समझशक्ति दिनुहोस्, र म जीवित रहन सकूँ।
भजनसंग्रह 119 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 119
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:137-144
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू