भजनसंग्रह 119:121-128

भजनसंग्रह 119:121-128 NNRV

मैले धार्मिक र न्‍यायपूर्ण आचरण पालन गरेको छु, मेरा अत्‍याचारीहरूका हातमा मलाई नछोड्‌नुहोस्‌। आफ्‍नो दासका भलाइको जिम्‍मा तपाईंले लिनुहोस्‌, अहङ्कारीहरूले मलाई थिचोमिचो गर्न नपाऊन्‌। तपाईंको उद्धार र तपाईंको धार्मिक प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दा, मेरा आँखा धमिला भइसकेका छन्‌। तपाईंको कृपाअनुसार आफ्‍नो दाससँग व्‍यवहार गर्नुहोस्‌, र तपाईंका विधिहरू मलाई सिकाउनुहोस्‌। म तपाईंको दास हुँ, मलाई विवेक दिनुहोस्‌, र तपाईंका कानूनहरू म बुझ्‍न सकूँ। हे परमप्रभु, तपाईंले अब कार्य गर्ने बेला भएको छ, तपाईंको व्‍यवस्‍था भङ्ग हुँदैछ। मैले तपाईंका आज्ञाहरूलाई सुन र निखुर सुनभन्‍दा पनि बढ़ी प्रेम गरेको, अनि तपाईंका सबै आदेशहरूलाई सत्‍य ठानेको कारणले, हरेक झूटो शिक्षालाई म घृणा गर्दछु।