भजनसंग्रह 119:114-117

भजनसंग्रह 119:114-117 NNRV

तपाईं मेरो शरणस्‍थान र ढाल हुनुहुन्‍छ, मैले तपाईंको वचनमा भरोसा राखेको छु। हे कुकर्मी हो, मबाट दूर होओ, र मेरा परमेश्‍वरका आज्ञाहरू म पालन गर्न सकूँ। तपाईंको प्रतिज्ञाअनुसार मलाई थामिराख्‍नुहोस्‌, र म जीवित रहूँ, र मेरा आशाहरू चकनाचूर हुन नदिनुहोस्‌। मलाई थाम्‍नुहोस्‌ र म बाँच्‍नेछु। तपाईंका विधिहरूलाई म निरन्‍तर आदर गर्नेछु।