धन्यका हुन् तिनीहरू, जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा चल्दछन्। धन्यका हुन् तिनीहरू, जसले उहाँका कानून पालन गर्दछन्, र उहाँलाई सम्पूर्ण हृदयले खोज्दछन्। तिनीहरूले कुनै अधर्म गर्दैनन्, उहाँका मार्गमा तिनीहरू हिँड्दछन्। तपाईंले आदेशहरू यस हेतुले दिनुभयो, कि हामी तिनलाई पूरा-पूरा पालन गरौं। तपाईंका विधिहरू पालन गर्नलाई, मेरो आचरण दृढ़ भइदिए कति असल हुनेथियो! तब तपाईंका सबै आज्ञाहरूमाथि मनन गरेर म शर्ममा पर्नेथिइनँ। जब म तपाईंका धार्मिक नियमहरू सिक्तछु, तब म सोझो मनले तपाईंको प्रशंसा गर्नेछु। म तपाईंका विधिहरू पालन गर्नेछु, मलाई पूर्ण रूपले नत्याग्नुहोस्। जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो। म आफ्नो सम्पूर्ण हृदयले तपाईंलाई खोज्छु, तपाईंका आज्ञाहरूबाट मलाई बहकेर जान नदिनुहोस्। तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु। हे परमप्रभु, तपाईंको प्रशंसा होस्, तपाईंका विधिहरू मलाई सिकाउनुहोस्। मैले मेरा ओठले तपाईंको मुखबाट निस्केका सबै नियमहरूको वर्णन गरेको छु। धेरै धन-सम्पत्तिमा आनन्दित हुने मानिसजस्तै, म तपाईंका कानूनहरू पालन गर्नमा हर्षित हुन्छु। तपाईंका आदेशहरूमाथि म मनन गर्छु, र तपाईंका शिक्षामा म ध्यान दिनेछु। म तपाईंका विधिहरूमा आनन्द गर्नेछु, तपाईंका वचनको म उपेक्षा गर्नेछैनँ।
भजनसंग्रह 119 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 119
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू