तर हे परमप्रभु परमेश्वर, तपाईंका नाउँको खातिर मसँग दयाको व्यवहार गर्नुहोस्, र मलाई छुटाउनुहोस्। किनभने म दरिद्र र दु:खी छु, र मेरो हृदय मभित्र घायल छ। म बेलुकीको छायाजस्तै विलोप हुन्छु, सलह झैं म टकटक्याइएर फालिएको छु। उपवास बस्दा-बस्दा मेरा घुँड़ाहरू निर्बल भएका छन्, र मेरो शरीर दुब्लो र सुकेको छ। मलाई अभियोग लाउनेहरूको दृष्टिमा म तिरस्कारको पात्र भएको छु, तिनीहरूले मलाई देख्दा मुन्टो हल्लाउँछन्। हे परमप्रभु मेरा परमेश्वर, मलाई सहायता गर्नुहोस्, तपाईंको करुणाअनुसार मलाई बचाउनुहोस्।
भजनसंग्रह 109 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 109
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 109:21-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू