भजनसंग्रह 104:31-34

भजनसंग्रह 104:31-34 NNRV

परमप्रभुको महिमा सदा भइरहोस्‌, परमप्रभु आफ्‍ना कार्यहरूमा प्रसन्‍न होऊन्‌। तपाईंको दृष्‍टि पर्दा पृथ्‍वी कम्‍पायमान हुन्‍छ, तपाईंको स्‍पर्शमा मात्र पहाड़हरूबाट धूवाँ निस्‍कन्‍छ। मेरो जीवनभरि म परमप्रभुको भजन गाउँदैरहनेछु, म बाँचुञ्‍जेल मेरा परमेश्‍वरमा प्रशंसाको स्‍तुति गाउनेछु। मेरो चिन्‍तनमनन उहाँलाई मन परोस्‌, किनकि म परमप्रभुमा आनन्‍दित हुन्‍छु।