ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्। हे परमप्रभु मेरा परमेश्वर, तपाईं अति महान् हुनुहुन्छ। तपाईं वैभव र ऐश्वर्यमा विभूषित हुनुहुन्छ। उहाँले प्रकाशलाई पोशाकझैँ पहिरनुभएको छ, उहाँले आकाशलाई पालजस्तै टाँग्नुभएको छ। उहाँले आफ्ना कोठाहरूका दलिनहरू पानीमाथि स्थिर गर्नुहुन्छ। उहाँले बादललाई आफ्नो रथ तुल्याउनुहुन्छ, र बतासका पखेटामाथि उहाँ सवार हुनुहुन्छ। उहाँले बतासलाई आफ्नो दूत, र आगोका ज्वालालाई आफ्ना सेवक तुल्याउनुहुन्छ। पृथ्वी कहिल्यै नडग्मगाओस् भनेर त्यसलाई उहाँले जगमाथि स्थिर पार्नुभयो। तपाईंले त्यसलाई वस्त्रझैँ गहिरो समुद्रले ढाक्नुभयो, अनि पहाड़हरू माथि-माथिसम्म जल पुग्यो। तर तपाईंको खप्कीमा पानी भागिहाल्यो, तपाईंका गर्जनको आवाजमा त्यो तुरुन्तै हटिगयो। तपाईंले खटाउनुभएको स्थानमा जलराशि, पहाड़हरूमाथि उर्लंदै घाटी र बेँसीतिर झर्यो। पानीले फेरि पृथ्वीलाई नडुबाओस् भनेर त्यसले नाघ्न नसक्ने सिमाना तपाईंले राखिदिनुभयो। उहाँले पानीका मूलहरूलाई खोल्सामा पानी खन्याउन लगाउनुहुन्छ, त्यो पानी पहाड़का बीचबाट बग्छ। तिनीहरूले मैदानका सबै जीवजन्तुलाई पानी दिन्छन्। जङ्गली गधाहरूले पनि आफ्नो तिर्खा मार्दछन्। तिनीहरूकै छेउछाउमा आकाशका चराहरूले आफ्नो गुँड़ बनाउँछन्, हाँगाहरूका बीचमा तिनीहरू गीत गाउँछन्। उहाँले आफ्नो उच्च स्थानबाट पहाड़हरूमा पानी बर्साउनुहुन्छ, उहाँका कार्यहरूका फलबाट पृथ्वी तृप्त हुन्छ। उहाँले गाईबस्तुका निम्ति घाँस, अनि मानिसहरूका निम्ति रूखपात उमार्नुहुन्छ, र जमिनबाट आहार ल्याउनुहुन्छ: मानिसको मन आनन्दित गराउनलाई दाखमद्य, र त्यसको अनुहार चहकिलो पार्नलाई तेल, र त्यसको हृदय बलियो तुल्याउनलाई रोटी उहाँले दिनुहुन्छ। परमप्रभुले लाउनुभएका वृक्षहरू र लेबनानका देवदारुहरूले मनग्य पानी पाएका छन्। त्यहाँ चराहरूले आफ्नो गुँड़ बनाउँछन्, सारसले चाहिँ सल्लाका रूखहरूमा आफ्नो घर बनाउँछ।
भजनसंग्रह 104 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 104
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 104:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू