हितोपदेश 6:9-11

हितोपदेश 6:9-11 NNRV

ए अल्‍छे, तँ कहिलेसम्‍म सुतिरहन्‍छस्‌? तँ कहिले आफ्‍नो निद्राबाट जाग्‍छस्‌? क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्‍नेछ।