हितोपदेश 30:8-9

हितोपदेश 30:8-9 NNRV

असत्‍यता र झूटा कुरा मबाट टाढ़ै राख्‍नुहोस्, न त मलाई दरिद्रता न धन-सम्‍पत्ति दिनुहोस्, तर मलाई केवल दिन-दिनको रोटी दिनुहोस्‌। अन्‍यथा मसँग धेरै भएकोले म तपाईंलाई इन्‍कार गरुँला, र ‘परमप्रभु को हो र?’ भनुँला, अथवा म गरीब भएकोले चोरी गरुँला, र परमप्रभु मेरा परमेश्‍वरको नाउँ अपमानित पारुँला।