हितोपदेश 30:24-33

हितोपदेश 30:24-33 NNRV

“पृथ्‍वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अत्‍यन्‍तै बुद्धिमान्‌ हुन्‍छन्‌: कमिला थोरै बल भएका प्राणी हुन्‌ तापनि ग्रीष्‍म ऋतुमा नै तिनीहरू आफ्‍नो भोजन सञ्‍चय गर्छन्, शापन थोरै शक्ति भएका प्राणी हुन्‌ तापनि पहरामा तिनीहरू आफ्‍नो घर बनाउँछन्, सलहका राजा हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अगि बढ्‌छन्, छेपारालाई हातले पक्रन सकिन्‍छ तापनि राजाको महलमा यो पाइन्‍छ। “तीन वटा कुरा छन्‌ जो आफ्‍नो हिँड़ाइमा रवाफिला हुन्‍छन्, चार जुन शानसँग यताउता हिँड्‌छन्‌: सिंह पशुहरूमध्‍ये बलिष्‍ठ हुन्‍छ, जो कुनै कुराअगि हच्‍कँदैन, शानदार हिँड्‌ने कुखुराको भाले, र बोका, अनि सेना आफ्‍नो वरिपरि राखेर हिँड्‌ने राजा। “यदि तैंले मूर्ख चाल चलेर आफैलाई फुर्काइस्‌ भने, वा तैंले खराबीको योजना गरेको छस्‌ भने, तेरो मुखमा हात राखिहाल्‌! किनभने दूध मथेर घिउ निस्‍कन्‍छ, र नाक माड्‍यो भने जसरी रगत निस्‍कन्‍छ, त्‍यसरी नै रीस उठाउनाले झगड़ा उत्‍पन्‍न हुन्‍छ।”