हितोपदेश 30:15-16

हितोपदेश 30:15-16 NNRV

“जूकाका दुई छोरीहरू छन्‌। ‘देऊ! देऊ!’ भन्‍दै तिनीहरू चिच्‍च्‍याउँछन्‌। “तीन कुरा छन्‌ जो कहिल्‍यै सन्‍तुष्‍ट हुँदैनन्, चार वटा जसले ‘पुग्‍यो’ कहिल्‍यै भन्‍दैनन्‌: चिहान र बाँझी गर्भ, र जमिन, जो पानीले कहिल्‍यै अघाउँदैन, र आगो, जसले ‘पुग्‍यो’ कहिल्‍यै भन्‍दैन।