हितोपदेश 30:1-4

हितोपदेश 30:1-4 NNRV

याकेका छोरा आगूरका नीतिवचन— एक ईश्‍वरवाणी: यस मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्‌: मानिसहरूमध्‍ये म सबभन्‍दा अबूझ हुँ, मानिसमा हुनुपर्ने समझशक्ति मसँग छैन। मैले बुद्धि प्राप्‍त गरेको छैनँ, न त मलाई परमपवित्रको ज्ञान नै छ। स्‍वर्गसम्‍म को उक्‍लेको छ र तल ओर्लेर आएको छ? कसले बतासलाई आफ्‍नो हातको मुट्ठीमा बटुलेको छ? कसले पानीलाई आफ्‍नो खास्‍टोमा लपेटेको छ? पृथ्‍वीका चारैतिरको अन्‍तसम्‍म कसले स्‍थापित गरेको छ? उहाँको नाउँ के हो, र उहाँका पुत्रको नाउँ के हो? यदि तँलाई थाहा छ भने मलाई भन्‌!