हितोपदेश 30:1-4
हितोपदेश 30:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
याकेका छोरा आगूरका नीतिवचन— एक ईश्वरवाणी: यस मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्: मानिसहरूमध्ये म सबभन्दा अबूझ हुँ, मानिसमा हुनुपर्ने समझशक्ति मसँग छैन। मैले बुद्धि प्राप्त गरेको छैनँ, न त मलाई परमपवित्रको ज्ञान नै छ। स्वर्गसम्म को उक्लेको छ र तल ओर्लेर आएको छ? कसले बतासलाई आफ्नो हातको मुट्ठीमा बटुलेको छ? कसले पानीलाई आफ्नो खास्टोमा लपेटेको छ? पृथ्वीका चारैतिरको अन्तसम्म कसले स्थापित गरेको छ? उहाँको नाउँ के हो, र उहाँका पुत्रको नाउँ के हो? यदि तँलाई थाहा छ भने मलाई भन्!
हितोपदेश 30:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याकेका छोरा आगूरका वचन—एक ईश्वरवाणी: यस मानिसले इतीएल र युकाललाई घोषणा गरेका हुन्: निःसंदेह म एक जनावर हुँ, मानिस होइनँ; मसँग मानवीय समझशक्ति छैन। मैले बुद्धि सिकिनँ, न त मसित पवित्र परमेश्वरको ज्ञान नै छ। स्वर्गसम्म को उक्लेको छ, र तल ओर्लेर को आएको छ? कसका हातले बतासलाई समातेको छ? कसले पानीलाई वस्त्रमा बाँधेको छ? कसले पृथ्वीका सबै छेउलाई स्थापित गरेको छ? उहाँको नाम के हो, र उहाँको पुत्रको नाम के हो? यदि तिमीलाई थाहा छ भने मलाई भन!
हितोपदेश 30:1-4 पवित्र बाइबल (NERV)
यी हितोपदेशहरू आगूरले भनेका हुन्। आगूर याकेका छोरा थिए। यी हितोपदेशहरू इथीएल अनि यूकाललाई भनिएका हुन्: अरू कुनै मानिस भन्दा म धैरै अनभिज्ञ छु, जसरी बुझ्नु पर्छ त्यसरी बुझ्न म असक्षम छु। मैले ज्ञान के चीज हो जानिनँ, न त मैले परमेश्वरको विषयमा नै जान्न पाएँ। स्वर्ग गएको छु र फेरि फर्केर आएको छु? कसले आफ्नो खोक्रो हातमा हावा जम्मा गरेको छ? कसले पानीलाई आफ्नो खाष्टोमा पोको पारेको छ? कसले पृथ्वीको सीमानाहरू स्थानपना गरेको छ? उनको नाम के हो उनको छोराको नाम के हो?
हितोपदेश 30:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी याकेका छोरा आगूरका अर्तीका वचनहरू हुन्: “परमेश्वर मसँग हुनुहुन्न, परमेश्वर मसँग हुनुहुन्न र म असहाय छु। म मानिस होइनँ, मानिसको जस्तो मेरो बुद्धि छैन। मैले बुद्धिका कुरा कहिल्यै सिकिनँ, म र परमेश्वरबारे केही पनि जान्दिनँ। स्वर्गमा को पुगेर फर्की आएको छ र? कसले बतासलाई आफ्नो मुट्ठीमा समातेको छ र? अथवा, कसले समुद्रलाई लुगाको टुक्रामा बाँधेको छ र? अथवा कसले पृथ्वीको साँध-सिमाना तोकिदिएको छ र? त्यसो गर्ने को हुन्? के तिमी जान्दछौ? तिनका छोरा को हुन्?