हितोपदेश 3:27-35

हितोपदेश 3:27-35 NNRV

ज-जसलाई भलाइ गर्नुपर्छ, तेरो हातमा भइञ्‍जेल त्‍यो नरोक्‌, जब कि तँसँग त्‍यो अहिले नै छ, आफ्‍नो छिमेकीलाई “पछि आऊ, भोलिपर्सि दिऊँला,” नभन्‌। आफ्‍नो छिमेकीको विरुद्धमा षड्‌यन्‍त्र नरच्‌। जो तेरो नजिक भरोसा राखेर बस्‍दछ। विनाकारण कुनै मानिसलाई दोष नलगा, जसले तेरो कुनै खराबी गरेको छैन। हिंसात्‍मक मानिसको ईर्ष्‍या नगर्, र त्‍यसको कुनै पनि मार्गलाई नछान्‌। किनकि परमप्रभु कुटिल मानिसलाई घृणा गर्नुहुन्‍छ, तर सोझाहरूलाई आफ्‍नो विश्‍वासमा राख्‍नुहुन्‍छ। दुष्‍टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीको घरलाई उहाँले आशिष्‌ दिनुहुन्‍छ। अभिमानी गिल्‍ला गर्नेहरूलाई उहाँले गिल्‍लामा उड़ाउनुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्‍छ। बुद्धिमान्‌ले इज्‍जत प्राप्‍त गर्दछ, तर मूर्खहरूलाई उहाँले लज्‍जित तुल्‍याउनुहुनेछ।