हितोपदेश 3:21-24

हितोपदेश 3:21-24 NNRV

हे मेरो छोरो, सद्दे बुद्धि र विवेकलाई जोगाइराख्, तिनलाई तेरो दृष्‍टिबाट जान नदे, ती तेरो निम्‍ति जीवन, र तेरो गलामा शोभाको गहनाझैँ हुनेछन्‌। तब तँ आफ्‍नो मार्गमा सुरक्षित भई हिँड्‌नेछस्, र तेरा खुट्टा लरबरिनेछैन। जब तँ ढल्‍किनेछस्‌ तँ भयभीत हुनेछैनस्, जब तँ ढल्‍किनेछस्‌ तँलाई मीठो निद्रा लाग्‍नेछ।