हितोपदेश 3:19-26
हितोपदेश 3:19-26 NNRV
बुद्धिले नै परमप्रभुले पृथ्वीको जगहरू बसाल्नुभयो, समझशक्तिले उहाँले आकाशलाई त्यसको ठाउँमा राख्नुभयो। उहाँको ज्ञानले गहिरा सागरहरू फुटिनिस्के, र बादलले तलतिर शीत झारे। हे मेरो छोरो, सद्दे बुद्धि र विवेकलाई जोगाइराख्, तिनलाई तेरो दृष्टिबाट जान नदे, ती तेरो निम्ति जीवन, र तेरो गलामा शोभाको गहनाझैँ हुनेछन्। तब तँ आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछस्, र तेरा खुट्टा लरबरिनेछैन। जब तँ ढल्किनेछस् तँ भयभीत हुनेछैनस्, जब तँ ढल्किनेछस् तँलाई मीठो निद्रा लाग्नेछ। दुष्टहरूमाथि एक्कासि आइलाग्ने विपत्ति वा सर्वनाशसँग तँचाहिँ नडरा, किनभने परमप्रभु नै तेरो साहस हुनुहुनेछ, र उहाँले तेरो खुट्टालाई पासोमा पर्नदेखि जोगाउनुहुनेछ।

