हितोपदेश 3:13-22
हितोपदेश 3:13-22 NNRV
धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ, र समझशक्ति हासिल गर्छ, किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसले सुनले भन्दा बढ़ी फाइदा दिन्छ। त्यो मानिकभन्दा पनि बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन। बुद्धिको दाहिने हातमा दीर्घायु, र त्यसको देब्रे हातमा धन र सम्मान हुन्छन्। त्यसका मार्गहरू आनन्ददायक हुन्छन्, र त्यसका सबै बाटोहरू शान्तिका हुन्छन्। बुद्धिलाई अँगाल्नेहरूका निम्ति त्यो एक जीवनको रूख हो, त्यसलाई पक्रनेहरूले आशिष् पाउनेछन्। बुद्धिले नै परमप्रभुले पृथ्वीको जगहरू बसाल्नुभयो, समझशक्तिले उहाँले आकाशलाई त्यसको ठाउँमा राख्नुभयो। उहाँको ज्ञानले गहिरा सागरहरू फुटिनिस्के, र बादलले तलतिर शीत झारे। हे मेरो छोरो, सद्दे बुद्धि र विवेकलाई जोगाइराख्, तिनलाई तेरो दृष्टिबाट जान नदे, ती तेरो निम्ति जीवन, र तेरो गलामा शोभाको गहनाझैँ हुनेछन्।

