हितोपदेश 3:13-16

हितोपदेश 3:13-16 NNRV

धन्‍य हो त्‍यो मानिस जसले बुद्धि प्राप्‍त गर्छ, र समझशक्ति हासिल गर्छ, किनभने बुद्धि चाँदीभन्‍दा धेरै लाभदायक हुन्‍छ, र त्‍यसले सुनले भन्‍दा बढ़ी फाइदा दिन्‍छ। त्‍यो मानिकभन्‍दा पनि बहुमूल्‍य हुन्‍छ, र तैंले इच्‍छा गरेको कुनै पनि थोक त्‍यससँग तुलना गर्न सकिँदैन। बुद्धिको दाहिने हातमा दीर्घायु, र त्‍यसको देब्रे हातमा धन र सम्‍मान हुन्‍छन्‌।