हे मेरो छोरा, बुद्धिमान् बन्, र मेरो हृदयलाई आनन्दित तुल्या, तब मलाई हेलचेक््रयाइँको व्यवहार गर्ने जोसुकैलाई पनि म जवाफ दिन सक्नेछु। बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यतैतिर जान्छ र दु:ख भोग्छ। अपरिचितको जमानी बस्नेको लुगा पनि खोस्, यदि त्यसले स्वेच्छाचारी स्त्रीको खातिर त्यसो गरेको भए, त्यो धरौटी राख्। कसैले आफ्नो छिमेकीलाई एकाबिहानै चर्को स्वरले आशिष् दिन्छ भने, त्यो ता श्राप पो बन्छ। झगड़िया पत्नी वर्षाको दिनमा एकोहोरो तपतप चुहुने झरीजस्तै हो। त्यसलाई वशमा राख्नु बतासलाई वशमा राख्नु बराबर हो, अथवा हातले तेल अँठ्याउनुजस्तै हो। फलामले फलामलाई उध्याएजस्तै एउटाले अर्को मानिसलाई उध्याउँछ। अञ्जीरको रूख रेखदेख गर्नेले त्यसको फल खानेछ, र आफ्ना मालिकको हेरचाह गर्ने व्यक्ति सम्मानित हुनेछ। पानीमा अनुहार प्रतिबिम्बित भएझैँ मानिसको हृदयमा मानिस प्रतिबिम्बित हुन्छ।
हितोपदेश 27 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 27:11-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू