बुद्धिमान्का उखानहरूमा ध्यान दिएर सुन्, र मैले सिकाएका कुराहरूमा तेरो मन लगा, किनभने ती कुराहरू तेरो हृदयमा राखिस् भने, अनि ती सबै तेरा ओठमा तयार रहन्छन् भने त्यो मनोहर हुन्छ। तेरो भरोसा परमप्रभुमा होस् भनेर यो कुरा आज म तँलाई सिकाउँछु, अँ, तँलाई नै सिकाउँछु। के मैले तेरो लागि तीस वटा नीति-वचन लेखिदिएको होइनँ र— सल्लाह र ज्ञानका वचनहरू? आफूलाई पठाउनुहुनेकहाँ तैंले उचित जवाफहरू दिन सक् भनेर मैले तँलाई सत्य विश्वसनीय वचनहरू सिकाएको होइनँ र? तिनीहरू असहाय छन् भन्दैमा गरीबमाथि शोषण नगर्, र दीन-हीनलाई अदालतमा पेल्ने काम नगर्, किनभने परमप्रभुले तिनीहरूको मुद्दा आफ्नो हातमा लिनुहुनेछ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुनेछ। गरम मिजासको मानिसलाई मित्र नबना, सितिमिति रिसाउने मानिससँग सङ्गत नगर्, नत्रता त्यसको चाल तैंले सिक्लास्, र आफै पासोमा पर्लास्। बन्धकमा आफ्नो हात नहाल्, अथवा अर्काको ऋणको जमानी नबस्। यदि तँसँग तिर्ने उपाय छैन भने, तँ सुतेको खाटसमेत तँबाट खोसिनेछ। प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, जो तेरा पुर्खाहरूले खड़ा गरेका हुन्। आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यसले राजाहरूका सामु सेवा गर्नेछ। त्यसले नचिनेका मानिसहरूको सेवा गर्नेछैन।
हितोपदेश 22 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 22:17-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू