हितोपदेश 22:1-8
हितोपदेश 22:1-8 NNRV
धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु वाञ्छनीय हुन्छ, सम्मानित हुनु चाँदी वा सुनभन्दा उत्तम हो। धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ। बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यसैतिर जान्छ र दु:ख भोग्छ। नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ। दुष्टका मार्गहरूमा काँढ़ा र पासाहरू लुकिएका हुन्छन्, तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढ़ै रहन्छ। बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन। धनीले गरीबमाथि प्रभुत्व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ। दुष्टता रोप्नेले सङ्कष्टको कटनी गर्छ, र त्यसको झोँकको लट्ठी नष्ट हुनेछ।

